२२ पुस, काठमाडौं । कालीमाटी होलसेल बजारमा आज गोलभेडा, तराई काउली, मटरकोशा, हरियो फर्सी, रायो साग, बकुला, जिरीको साग, अमला, हरियो खुर्सानीलगायत तरकारी सस्तिएको छ ।
मटरकोशा किलोको २५ रुपैयाँले सस्तिएको छ भने गोलभेडा आइतबारको तुलानामा १० रुपैयाँसम्मले घटेको छ ।
तराई काउली, हरियो फर्सी र रायोको साग किलोको पाँच/पाँच रुपैयाँले सस्तिएको छ । जिरीको साग ९५ रुपैयाँ किलोबाट घटेर ६५ मा आएको छ भने बकुला २४ रुपैयाँले घटेर ७१ मा कारोबार भएको छ ।


