गायब हुँदै साना भेन्चर क्यापिटल


गायब हुँदै साना भेन्चर क्यापिटल

नयाँ किसिमको व्यापार गर्नु खतरा हुन्छ तर केही लगानीकर्ताहरू यस्तै खतरा मोल्दै लगानी गरेर मनग्य आम्दानी गरिरहेका हुन्छन्। यस्ता लगानीकर्ता संस्थालाई भेन्चर क्यापिटल भनिन्छ।

नेपालमा भेन्चर क्यापिटलको संस्कृति भर्खरै सुरु हुन लाग्दै गर्दा अमेरिकामा भने यो उच्च विन्दुमा पुगेर झर्ने क्रममा रहेको छ। अमेरिकामा सन् २०२१ मा यस्ता भेन्चर क्यापिटल (भिसी) उच्च बिन्दुमा थिए। यस्ता भिसीका कारण टेक कम्पनीहरूलाई लगानीको कुनै कमी हुँदैनथ्यो। तिनै भिसीका कारण अहिलेका चर्चित टेक कम्पनीहरू अस्तित्वमा छन्।

पछिल्लो एक अध्ययनअनुसार सन् २०२३ मा भने भिसी कम्पनीहरू आश्चर्यजनक तरिकाले घट्न थालेका छन्। पिचबुक नामक संस्थाले गरेको अध्ययनअनुसार अमेरिकामा रहेका भिसी कम्पनीको संख्या ६ हजार एक सय ७५ मा सीमित भएका छन्। सन् २०२१ मा भने यी संस्थाको संख्या आठ हजार तीन सय १५ वटा थिए।

Read More