बैंकिङ प्रणालीमा अधिक तरलता कायमै


बैंकिङ प्रणालीमा अधिक तरलता कायमै

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या यथावत रहेपछि नेपाल राष्ट्र बैंकले आइतबार पनि ५० अर्ब रुपैयाँ उठाएको छ ।

यसअघि राष्ट्र बैंकले १७ पुसमा ४० अर्ब, १४ पुसमा ७० अर्ब, ९ पुसमा ४० अर्ब, ७ पुसमा ६० अर्ब र ३ पुसमा १ खर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । यसरी पछिल्ला १८ दिनमै राष्ट्र बैंकले ३ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरिसकेको छ ।

केन्द्रीय बैंक निरन्तर तरलता प्रशोचन गर्न बाध्य

आइतबार नेपाल राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन बोलकबोलमार्फत ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको हो ।

Read More