२१ पुस, काठमाडौं। नेपालमा पहिलो पटक पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात तयारी भइरहेको छ ।
भारत मोतिहारीबाट नेपालको बारा अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात गर्न आवश्यक संरचना निर्माण सम्पन्न भई अहिले विभिन्न चरणमा परीक्षणको काम जारी रहेको छ ।
‘पेट्रोल र मट्टीतेल आयात गर्न आवश्यक संरचना निर्माणको काम सकियो,’ नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले अनलाइनखबरसँग भने, ‘अब यो प्रणालीबाट यी पदार्थ आयात गरी आन्तरिक बजारमा ढुवानीका लागि आवश्यक परीक्षणको काम जारी छ ।’


