मकवानपुरको दुर्गम क्षेत्र मानिने राक्सिराङ गाउँपालिकाका स्थानीयद्वारा उत्पादित कृषिउपजले सहज रूपमा बजार पाउन थालेको छ । गाउँपालिकाले स्थानीयस्तरमा उत्पादिन वस्तुको बजारीकरण गर्ने उद्देश्यले राक्सिराङ–५ को चैनपुरमा हाटबजार लगाउन सुरु गरेको हो ।
“पहिला नजिकमा हाटबजार थिएनन्, त्यसैले यहाँ उत्पादित हरियो सागपात, तरकारी तथा गेडागुडी, बाँसका समानलगायत वस्तुले बजार पाउन सकेको थिएन्”, स्थानीय सुमन चेपाङले भने, “गाउँमा हाटबजार लाग्न थालेसँगै स्थानीय उत्पादनले पाएको छ ।” यसले कृषकद्वारा उत्पादित कृषि उपजले सहज रूपमा बजार पाएसँगै स्थानीय हर्षित भएका छन् ।

