नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिर) सम्ममा ग्राहकहरूले आफ्नो बीमा बीचमै रोकेर (समर्पण गरेर) ६ अर्बभन्दा धेरै रकम फिर्ता लिएका छन्।
प्राधिकरणको यो अवधिको तथ्यांक अनुसार ४५ हजार ६० बीमालेख समर्पण भएका हुन्। समर्पण गरेर बीमित (ग्राहक) हरूले ६ अर्ब १० करोड ७२ लाख रूपैयाँ फिर्ता लगेका छन्।
यसअघि गत आर्थिक वर्ष २०८०/८१ को यही अवधिमा ४४ हजार ९ सय ९५ बीमा लेख समर्पण गरिएको थियो। भने बीमितले पाँच अर्ब ५३ करोड रूपैयाँ बराबर फिर्ता लगेका थिए।


