पैसा धेरै भएपछि आज बजारबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक


पैसा धेरै भएपछि आज बजारबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाडौँ — बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि राष्ट्र बैंकले आइतबार (आज) ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

निक्षेप संकलन खरिदका लागि आज दिउासो २ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

Read More