स्टार्टअप उद्यम कर्जा ५ हजार १५८ आवेदकमध्ये १ हजार ३१४ प्रारम्भिक छनोटमा


स्टार्टअप उद्यम कर्जा ५ हजार १५८ आवेदकमध्ये १ हजार ३१४ प्रारम्भिक छनोटमा

काठमाडौं । औद्योगिक व्यवसाय प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि आवेदन दिएकाहरूमध्ये प्रारम्भिक चरणमा प्रवेश गरेकाको सूची सार्वजनिक गरेको छ । स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ बमोजिम प्रतिष्ठानले गत भदौ ११ देखि ३१ सम्म आवेदन आह्वान गरेको थियो । सो अवधिमा कुल ५ हजार १५८ आवेदन परेकोमा १ हजार ३१४ आवेदक प्रारम्भिक छनोटमा परेको प्रतिष्ठानले शुक्रवार सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

सरकारले गत आर्थिक वर्ष (आव) २०८०/८१ मा स्टार्टअप उद्यम कर्जा सञ्चालनसम्बन्धी कार्यक्रम सञ्चालनमा ल्याएको थियो । चालू आर्थिक वर्षमा ६०० जनालाई यस्तो कर्जा दिने लक्ष्य सरकारको छ । उक्त कार्यक्रम औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कार्यान्वयन गर्दै आएको छ । प्रतिष्ठानका अनुसार यस वर्ष उक्त कार्यक्रमको बजेट रू. १ अर्बको रहेको र जसबाट बढीमा ६०० जनालाई कर्जा दिने योजना रहेको छ ।

Read More