कर्णालीमा पचहत्तर अर्बभन्दा बढी निक्षेप


कर्णालीमा पचहत्तर अर्बभन्दा बढी निक्षेप

काठमाडौँ, पुस २१ गते । कर्णाली प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाले सङ्कलन गरेको निक्षेप ७५ अर्ब ४५ करोड ९१ लाख रुपियाँ पुगेको छ । नेपाल राष्ट्र बैङ्क सुर्खेत कार्यालयले तयार गरेको आर्थिक वर्ष २०८०-८१ मा आधारित प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनका अनुसार कर्णाली प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाले सङ्कलन गरेको निक्षेप, अघिल्लो वर्षको तुलनामा ११.७९ प्रतिशतले बढेर ७५ अर्ब ४५ करोड ९१ लाख रुपियाँ पुगेको हो । अघिल्लो वर्ष यस्तो निक्षेप ११.८९ प्रतिशतले बढेर ६७ अर्ब ४९ करोड ९२ लाख रुपियाँ पुगेको थियो ।

समीक्षा वर्षमा कर्णाली प्रदेशमा प्रवाह भएको कुल कर्जा २.२४ प्रतिशतले बढेर ५९ अर्ब २३ करोड ४४ लाख रुपियाँ पुगेको छ । गत वर्षमा यस्तो कर्जा ५.४७ प्रतिशतले बढेर ५७ अर्ब ९३ करोड ६७ लाख पुगेको थियो । त्यस्तै समीक्षा वर्षमा कर्णाली प्रदेशको कर्जा तथा निक्षेप अनुपात ७८.५० प्रतिशत रहेको छ । उक्त अनुपात गत वर्षमा ८५.८३ प्रतिशत रहेको थियो ।

Read More