पुष २० गते शनिबार, पौष शुक्लपक्ष पञ्चमी तिथि
मेष
लेनदेनमा फाइदा हुनेछ। सोचेको आटेको काम सफल हुनेछ।
वृष
भौतिक साधनको प्राप्तिका साथै व्यवसायबाट उचित लाभ मिल्न सक्छ ।
मिथुन
शैक्षिक तथा सामाजिक क्षेत्रबाट लाभ र परिवार र साथीभाईको सहयोगले महत्वपूर्ण काम बन्नेछ।
कर्कट
सहकर्मीसँग विवाद वा काममा रोकावट र व्यवसायमा उचित प्रतिस्पर्धा गर्न गर्नुपर्ने समय छ।
सिंह
पारिवारिक वा साझेदारी व्यवसायमा सफलता मिल्छ भने जागिरमा पनि नजिकका साथीभाईले सहयोग गर्नेछन्।
कन्या
रोकिएका आर्थिक कारोबारहरु मिल्नुका साथै नयाँ लगानी हुन सक्ने समय छ।
तुला
बौद्धिक व्यक्तिको सहयोगले काम वा व्यवसायमा रहेको समस्याको निराकरण हुन सक्छ।
वृश्चिक
विरोधीहरुको सक्रियता चिन्ताजनक रहनेछ र अनावश्यक खर्च खर्च बढ्न सक्ने भएकाले ध्यान दिनुपर्नेछ।
धनु
काममा नयाँ अवसर र आर्थिक उन्नति मिल्न सक्छ भने साथीभाई सहयोग पनि राम्रो मिल्न सक्छ।
मकर
आर्थिक क्षेत्र सुदृढ हुनुका साथै आम्दानीको नँया अवसर मिल्नेछ।
कुम्भ
पहिले रोकिएको काम बन्नाले मन प्रसन्न रहने र छोटो लाभदायक यात्रा हुन सक्छ।
मीन
एउटै कामको लागि पटकपटक प्रयास गर्नुपर्ने र धनको पनि नाश हुन सक्ने समय छ।


