स्वास्थ्य बीमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन


स्वास्थ्य बीमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

काठमाडौँ । स्वास्थ्य बीमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ ।

मन्त्रालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले प्रतिवेदनले सुझाव दिएका बुँदाहरू कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “बीमा क्षेत्रमा सुधार गर्ने हुटहुटी छ । यो प्रतिवेदनले स्वास्थ्य बीमा सुधार गर्नुपर्ने योजना र विषयवस्तु समेटेको छ । प्रतिवेदन अध्ययन गरेर यसलाई लागू गर्नेछौँ ।”

Read More