धान खेती लगाउने जग्गा घटे पनि उत्पादकत्व बढ्दा यो वर्ष अहिलेसम्मकै उच्च धान उत्पादन भएको छ।
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका अनुसार वर्ष चालु आर्थिक वर्ष २०८१/८२ मा अहिलेसम्मकै उच्च धान फलेको हो।
यो वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांक छ। यो अघिल्लो वर्षको तुलनामा ४.०४ प्रतिशत बढी हो।
पछिल्ला हरेक वर्षहरूमा धान खेती गर्ने जग्गा घटेको छ। आर्थिक वर्ष २०७९/८० मा १४ लाख ४७ हजार ७८९ हेक्टर जग्गामा धान बाली लगाइएको थियो। गत आर्थिक वर्षमा १४ लाख ३८ हजार ९८९ हेक्टर जग्गा लगाइएको थियो।


