महुली लघुवित्तको एफपीओ बाँडफाँट,४७ हजार ५४४ जना भाग्यमानी आवेदकले मात्र पाए


महुली लघुवित्तको एफपीओ बाँडफाँट,४७ हजार ५४४ जना भाग्यमानी आवेदकले मात्र पाए

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले नक्साल स्थित आफ्नै कार्यालयमा शुक्रबार विहान एफपीओ बाँडफाँट कार्य सम्पन्न गरेको हो ।
मागभन्दा बढी आवेदन परेकाले रितपूर्वक आवेदन दिएकामध्येबाट भाग्यमानी ४७ हजार ५४४ जना आवेदकले कम्पनीको एफपीओ प्राप्त गरेका छन् । कम्पनीले पहिलो चरणमा सबै योग्य आवेदकहरुमा गोलाप्रथाको माध्यमबाट न्यूनतम १० कित्ता एफपीओ बाँडफाँट गर्दा बाँकी रहेको कित्तामध्ये थप ९ जनालाई १ कित्ताका दरले बाँडफाँट गरी बाँकी शून्य दशमलव १५ कित्ता एफपीओ एक जना आवेदकलाई थप भएको छ । यसरी हेर्दा एक जना आवेदकले बढीमा ११ दशमलव १५ कित्ता एफपीओ हात पारेका हुन । 

Read More