पुष १९ गते शुक्रबार, पौष शुक्लपक्ष चतुर्थी तिथि
मेष
आर्थिक उपार्जनका नयाँ विचारको उदय हुन सक्ने समय छ। पारिवारिक मेलमिलापमा समय बित्न सक्छ।
वृष
बौद्धिक कामबाट लाभ हुने, सामाजिक धार्मिक र परोपकारिक क्षेत्रबाट पनि फाइदा लिन सकिनेछ।
मिथुन
काम तथा व्यवसायको क्षेत्र सामान्य रहेको छ। पारिवारिक खर्च बढ्न सक्छ।
कर्कट
साथीभाई र सहकर्मीबाट सहयोग मिल्न सक्छ। पारिवारिक खुसीमा सहभागी हुने समय छ।
सिंह
काम तथा व्यवसायको क्षेत्र राम्रो देखिन्छ। आफन्त तथा साथीभाईसँगको भेटघाटले मन प्रसन्न रहनेछ।
कन्या
आज काम वा व्यवसायको क्षेत्रमा सकारात्मक सोचको निर्माण हुने, छोटो यात्रा हुन सक्ने समय छ।
तुला
आज स्वास्थ्यमा केहि कमजोरी महसुस हुन सक्छ। परिवारिक क्षेत्रमा खर्च बढ्न सक्छ।
वृश्चिक
दाजुभाई तथा आफन्तसँग रमाइलो गर्ने समय छ। काम तथा व्यवसायको क्षेत्र सामान्य छन्।
धनु
आज खर्च केहि बढेपनि मन प्रसन्न रहनेछ। पारिवारिक वातावरणले मनमा खुसी छाउनेछ।
मकर
आज स्वादिष्ट भोजन तथा पारिवारिक सुख प्राप्त हुने समय छ।
कुम्भ
आज स्वास्थ्य केहि कमजोर रहेपनि मन प्रसन्न रहनेछ।
मीन
आज आम्दानी हुने समय रहेको छ। साथै आफन्त भेटघाट तथा भलाकुसारीको समय पनि छ।


