१८ पुस,विराटनगर । काेशी प्रदेश सरकारले प्रदेश मातहतका संकटग्रस्त सहकारीको व्यवस्थापनका लागि समिति गठन गरेकाे छ ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले वरिष्ठ अधिवक्ता भरतबहादुर थापाकाे अध्यक्षतामा संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गरेकाे हाे ।
मुख्यमन्त्री कार्यालयका अनुसार धनप्रसाद शिवाकाेटी र जीवन काफ्ले सदस्य नियुक्त भएका छन् । यद्यपि सरकारले याे निर्णय सार्वजनिक गरेकाे छैन ।


