जिल्ला प्रहरी परिसर काठमाडौंले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ।
बिहीबार प्रहरीले ३८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस भएको हो। सुरूमा ४४ जनाविरूद्ध मुद्दा चलाउने तयारी थियो। तर अहिले प्रहरीले ३८ जनाविरूद्ध मुद्दा चलाउन सिफारिस गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए।
जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालका अनुसार प्रहरीले एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी गर्दै प्रतिवेदन बुझाएको छ।


