आर्थिक भार बढेको भन्दै कर्मचारीहरूको पेन्सन सुविधा कटौती गर्दै पाकिस्तान


आर्थिक भार बढेको भन्दै कर्मचारीहरूको पेन्सन सुविधा कटौती गर्दै पाकिस्तान

इलामावाद । पाकिस्तान सरकारले बढ्दो पेन्सन खर्च घटाउने निजामती र सशस्त्र बलका सेवानिवृत्त कर्मचारीहरूको पेन्सन सुविधा कटौती गरेको छ ।  बुधबार पाकिस्तानी वित्त मन्त्रालयले तीनओटा छुट्टाछुट्टै सूचना जारी गरी बहु-पेन्सन बन्द गर्ने, पहिलो पेन्सन रकम घटाउने र भविष्यमा पेन्सन वृद्धि हुने अन्य आधारहरू पनि घटाउने निर्णय गरेको एक्सप्रेस ट्रिब्यून पत्रिकाले जनाएको छ।

पाकिस्तान सरकारकालाई यस्तो पेन्सन बापत वार्षिक  १ ट्रिलियन रुपैयाँ भन्दा बढी भार पुगेको छ । पाकिस्तान सरकारको खर्चहरू मध्ये ऋण सेवा, रक्षा, र विकास खर्चपछि  पेन्सन बजेट चौथो ठूलो खर्च हो ।  

Read More