रूसले नयाँ वर्ष २०२५ देखि लागु हुने गरी युरोपमा युक्रेन हुँदै गरिरहेको ग्यासको निर्यात बन्द गरेको छ।
आफ्नो भूमि हुँदै रूसी ग्यास युरोपमा निर्यात गर्ने सम्झौता युक्रेनले नवीकरण नगरेपछि करिब ६ दशकदेखि तत्कालीन सोभियत संघ र रूसबाट युरोपमा गइरहेको ग्यास बन्द भएको हो।
सन् २०१९ मा गरिएको पछिल्लो सम्झौता मंगलबार सकिएको छ। रूसले युक्रेनमा २०२२ फेब्रुअरीमा आक्रमण गरेका कारणले युक्रेनले सो सम्झौता नवीकरण नगरेपछि युरोपका केही देशमा हिउँदमा न्यानोका लागि प्रयोग हुने मुख्य ऊर्जा ग्यासको कमी हुन भएको छ।


