राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा बिचौलियाहरुको रजगज भएको बताएका छन् । संसदको अर्थ समितिमा बोल्दै सासंद वाग्लेले मन्त्रालयभित्र बिचौलियाहरुले ठूलो आर्थिक चलखेल गर्ने गरेको बताएका हुन् ।
उनले भनेका छन्, 'अर्थ मन्त्रालयमा हुने चलखेलहरु, फलानो पार्टीगत, यहाँ पठाइदेउ उहाँ पठाइदेउ, बिचौलियाहरुको जगजगी, यो घाम जस्तै छर्लक्क छ, ठूलै रकमको लेनदेन हुने इत्यादी, यसलाई रोक्नु पर्यो, यो रोक्नका लागि चलखेल हुने ठाउँहरु नै बन्द गरिदिनु पर्यो, अब भन्सार नीतिबाट यो मिलाउनु पर्यो, अहिलेको तजबिजी रोक्नु पर्यो।'


