आज पुष १८ गते बिहिबार, कुन राशिको लागि आर्थिक राशिफल कस्तो ?


आज पुष १८ गते बिहिबार, कुन राशिको लागि आर्थिक राशिफल कस्तो ?

पुष १८ गते बिहिबार, पौष शुक्लपक्ष तृतीया तिथि

मेष
कर्मक्षेत्र प्रगतिका साथै आर्थिक उपार्जनको शुभ समय रहेको छ। 

वृष 
आज सामाजिक, वैदेशिक र शैक्षिक काममा प्रगति हुने समय छ। 

मिथुन 
काम वा व्यवसायमा प्रशासनिक समस्याको सामना गर्नुपर्ने, धनको हानी हुन सक्ने भएकाले सचेत हुनुपर्छ।   

कर्कट
साथीभाईको सहयोगले काम सम्पन्न हुने, व्यवसायबाट राम्रो नाफा आर्जन हुन सक्छ।  

सिंह
आर्थिक क्षेत्रको समस्या समाधान हुने, नयाँ लगानी वा नयाँ वस्तुको किनबेच हुन सक्नेछ।  

कन्या
बौद्धिक क्षेत्र सामान्य रहने, वैदेशिक क्षेत्रबाट सामान्य लाभ हुने रहेको छ। 

तुला
अनावश्यक खर्च बढ्ने र अप्रत्यक्ष समस्याले काममा रोकावट ल्याउन सक्छ।  

वृश्चिक
सामाजिक काममा रुचि हुने, मानसम्मान प्राप्त हुने र काममा पदप्रतिष्ठा बढ्न सक्छ। 

धनु
शत्रू बलिया भएर काम बिगार्न सक्ने, लेनदेन समयमै नमिल्नाले समस्या बढ्न सक्छ।

मकर
उपहार, सम्मान, पुरस्कारको प्राप्ति र आम्दानी बढ्न सक्छ। 

कुम्भ
खर्च बढ्ने र नँया लगानीमा घाटा हुन सक्छ।

मीन
आर्थिक क्षेत्रको रोकावट हट्नुका साथै आम्दानी बढ्नेछ।