पाकिस्तानमा पाँच-वर्षीय राष्ट्रिय आर्थिक रूपान्तरण योजना शुरू: ६ प्रतिशत जीडीपी वृद्धिको लक्ष्य


पाकिस्तानमा पाँच-वर्षीय राष्ट्रिय आर्थिक रूपान्तरण योजना शुरू: ६ प्रतिशत जीडीपी वृद्धिको लक्ष्य

इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले मंगलबार देशको राष्ट्रिय आर्थिक रूपान्तरण योजना २०२४-२९ को शुरूआत गरेका छन्  । जसको उद्देश्य ६ प्रतिशत कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि हासिल गर्नु र वार्षिक निर्यातलाई ६० अर्ब अमेरिकी डलर पुर्‍याउनु रहेको जनाइएको छ ।

पाँच-वर्षीय यो योजनालाई "उडान पाकिस्तान" नाम दिइएको छ ।  पाकिस्तानका जटिल आर्थिक समस्याहरू समाधान गर्न लक्षित संरचनात्मक रूपरेखामा आधारित यो योजनामा निर्यात, समानता र सशक्तिकरण, वातावरण, खाद्य र पानी सुरक्षा, ऊर्जा, र पूर्वाधार समावेश गरिएका छन्।

Read More