काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा ४४ जना प्रतिवादी, एक अर्ब १९ करोड बढी बिगो मागदाबी


काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा ४४ जना प्रतिवादी, एक अर्ब १९ करोड बढी बिगो मागदाबी

काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा बुझाउँदैछ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान सकेर प्रहरीले सकेसम्म बुधबार वा बिहीबारसम्म अनुसन्धान प्रतिवेदन बुझाउने तयारी छ।

अहिले लेखा सदस्य सुनिता नेवा र कर्जा सदस्य कमल लामा मात्रै परिसरको हिरासतमा छन्। केही प्रतिवादीहरू कास्कीमा र अन्य फरार छन्।

यसमा प्रहरीले पूर्वअध्यक्ष जिबी राई, उनका दाइ देवेन्द्रबाबु राई, रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेल, सबिना आलेमगर, लगायतविरूद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ। आलेमगर अखिल (क्रान्तिकारी) का नेता दिपेश पुनकी श्रीमती हुन्। 

Read More