सचिव मधुसुदन बुर्लाकोटी पाँच महिनामा चार पटक सरूवा भए।
गत चैतदेखि भदौसम्म सरूवामा परिरहेका उनी पछिल्ला चार महिनादेखि भने राष्ट्रिय तथ्यांक कार्यालयमा छन्।
छिटोछिटो सरूवामा पर्ने सचिव बुर्लाकोटी एक्ला होइनन्।
गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकले अवकाशमा जान ७ दिनमात्रै रहेका सचिवको सरूवा गर्यो। कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल नयाँ कार्यालयमा एक दिन हाजिर गरेर निवृत्त भए।
अर्का सचिव दीपककुमार खराल गत जेठ ३ गते सरूवाको १४ दिनमै फेरि सरूवामा परेका थिए।


