यूनिक हाईडेलले आईपीओ निष्कासन गर्ने


यूनिक हाईडेलले आईपीओ निष्कासन गर्ने

यूनिक हाईडेल कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले आगामी माघ ९ गते  काठमाडौंको डिल्लीबजारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा बोलाएको  हो ।

सभाले सर्वसाधारणमा आईपीओ निष्कासन गर्नका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिनेछ ।

Read More