उड्डयन प्राधिकरणको आम्दानी १४ अर्ब ७१ करोड बढी


उड्डयन प्राधिकरणको आम्दानी १४ अर्ब ७१ करोड बढी

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले उल्लेख्य उपलब्धि हाँसिल गर्दै गएको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औं वार्षिकोत्सव समारोहमा प्रगति विवरण सुनाउँदै आर्थिक बर्ष २०८०÷८१ मा प्राधिकरणले १४ अर्ब ७१ करोड ३८ लाख आम्दानी गरेको बताए ।

जसमध्ये एरोनटिकलतर्फ ११ अर्ब ५१ करोड ८९ लाख छ भने ननएरोनटिकलतर्फ तीन अर्ब १९ करोड ४९ लाख रहेको विवरण प्रस्तुत गरे । त्यस्तै उनले गत वर्ष पुँजीगततर्फ नेपाल सरकारकोसहित १० अर्ब ५२ करोड ७० लाख लगानी भएको बताए । त्यस्तै कार्य सञ्चालन खर्चतर्फ चार अर्ब ३८ करोड ४८ लाख, ह्रास खर्च चार अर्ब ३४ करोड १३ लाख, ब्याज खर्च एक अर्ब ३३ करोड एक लाख र आयकर खर्च एक अर्ब २७ करोड ९९ लाख गरी प्राधिकरणको कोषबाट जम्मा ११ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरे । प्राधिकरणको गत आर्थिक वर्षको सञ्चालन मुनाफा तीन अर्ब ३७ करोड ७८ लाख रहेको बताए ।

Read More