वैदेशिक रोजगारीको भयावह तस्वीर : १४५० ज्यानको मूल्यमा साढे १४ खर्ब रेमिट्यान्स


वैदेशिक रोजगारीको भयावह तस्वीर : १४५० ज्यानको मूल्यमा साढे १४ खर्ब रेमिट्यान्स

१६ पुस, काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८०/८१ मा मुलुकमा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ बराबर विप्रेषण (रेमिट्यान्स) नभित्रिएको भए मुलुक टाट पल्टिन सक्थ्यो । वस्तु आयात गर्न नेपालले १५ खर्ब ९३ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा तिर्‍यो, त्यसको बदलामा निर्यात गरी जम्मा एक खर्ब ५२ अर्ब मात्रै भित्र्यायो ।

आयात र निर्यातबीचको यति ठूलो खाडल पुर्ने एकमात्रै स्रोत रेमिट्यान्स हो । तर, विदेशमा हाडछाला घोटेर काम गरिरहेका युवाको जीवनको मूल्यमा देशलाई टाट पल्टनबाट जोगाउने रेमिट्यान्स भित्रिरहेको छ ।

Read More