काठमाडौँ — निर्धारित समयभित्र अनुमतिपत्र नवीकरणलगायत प्रक्रिया पूरा नगरेपछि गत वर्ष खारेजीमा परेर सरकार मातहत आएको स्मार्ट टेलिकमसँग सम्बन्धित समस्या थप पेचिलो बन्दै गएको छ । उक्त टेलिकमका टावर भाडामा राख्न दिएका घरधनीले लामो समयको विद्युत् महसुस बक्यौता तिर्न अन्यथा कारबाही भोग्न विद्युत् प्राधिकरणले चेतावनी दिएको छ ।
प्राधिकरणको चेतावनीपछि अन्यायमा परेको भन्दै दुई साताअघि विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयमा करिब सय जना पीडित घरधनीले धर्ना दिए । लगत्तै उनीहरूले छेउमै रहेको दूरसञ्चार प्राधिकरणमा पुगेर समस्या समाधानका लागि आग्रह पनि गरे ।

