गिरिबन्धु टि-स्टेटमा ओलीको बदमासीको पर्दाफास गरेरै छोड्छु : प्रचण्ड


गिरिबन्धु टि-स्टेटमा ओलीको बदमासीको पर्दाफास गरेरै छोड्छु : प्रचण्ड

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली र शेरबहादुर देउवामाथि अनुसन्धान गर्न लागेसँगै आफूलाई प्रधानमन्त्रीबाट हटाइएको आरोप दाेहाेर्याएका छन् । 

सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ को गौरीगञ्ज गाउँपालिका वडा नं ३ मा नेकपा (माओवादी केन्द्र) को दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् । उनले ओलीमाथि आफूले गिरिबन्धु टि-स्टेटको भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्न शुरु गरेसँगै र नक्कली भुटानी शरणार्थी प्रकरणम बेचन झा पक्राउ परेसँगै सरकार ढालिएको बताए ।

उनले आफूलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको बताए । गिरिबन्धु टि-स्टेटमा प्रधानमन्त्री ओलीले बद्मासी गरेको आरोप लगाउँदै बदमासीको पर्दाफास गरेरै छोड्ने घोषणा गरे । उनले प्रधानमन्त्री ओली देशकै सबैभन्दा जाली, झेली, कपटी, बेइमानी भएको आरोप लगाए ।

Read More