बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको निर्णय गरेको जानकारी दिएको हो ।
पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ आयोजना गर्न लागिएको हो ।
भ्रमण वर्षलाई भव्यताका साथ सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी वैश गुरुङकी संयोजकत्वमा २१ सदस्यीय भ्रमण वर्ष सचिबालय समेत गठन भइसकेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए ।

