पाइपलाइनबाटै पेट्रोल आउने भएपछि थप पेचिलो बन्दै ट्याङ्कर व्यवस्थापन


पाइपलाइनबाटै पेट्रोल आउने भएपछि थप पेचिलो बन्दै ट्याङ्कर व्यवस्थापन

मोतिहारी अमलेखगञ्ज पाइपलाइन परियोजना दोस्रो चरणको निर्माण सम्पन्न भएसँगै बरौनी–अमलेखगञ्जमा पेट्राल तथा मट्टितेल ढुवानी गर्दै आइरहेका एक सय चारवटा ट्याङ्कर विस्थापित हुने भएका छन्। आयल निगमले पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाटै ल्याउने भएसँगै एक सय चार टैक–ट्र्याङ्करको व्यवस्थापनको विषय पेचिलो बन्दै गइरहेको छ।  

सम्भवत पाइपलाइनबाट  नियमित रुपमा पेट्रोल र मट्टितेल ल्याउने कामको सुरुवात पनि यही पुस महिनाभित्रै हुने जनाइएको छ। बरौनीदेखि अमलेखगञ्जसम्म पेट्रोल तथा मट्टितेल ढुवानी गर्दै आइरहेका तीन  सङ्गठनले तत्कालै आफूहरूको उचित व्यवस्थापन गर्नुपर्ने माग राख्दै आइरहेका छन्। बरौनीबाट अमलेखगञ्ज पेट्रोलियम पदार्थ ढुवानी गर्दै आइरहेका अमलेखगञ्जका पेट्रोलियम ढुवानी व्यवसायी तथा मजदुर सङ्गठनले यही पुस २४ गतेसम्म आफूहरूलाई उचित व्यवस्थापन हुनुपर्ने माग गरेका छन्।  

Read More