पुष १५ गते सोमबार, पौष कृष्णपक्ष औँसी तिथि
मेष
साथीभाइ र आफन्तको साथ र सहयोग पाउन सकिनेछ। नयाँ अवसरले उत्साह जगाउनेछ।
वृष
आफ्ना योजना र आँटेका कामहरूमा केही बाधा वा झमेला देखिन सक्छ।
मिथुन
महत्वपूर्ण कार्यहरू सम्पन्न हुनेछन्। व्यवसाय गर्नेहरूले राम्रो लाभ हात पार्न सक्ने समय छ।
कर्कट
व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ। जग्गाजमिनमा लगानी गर्ने समय अनुकूल छ।
सिंह
शैक्षिक र सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिले मानसम्मान र आर्थिक लाभ पाउने सम्भावना छ।
कन्या
काममा आत्मसन्तुष्टि नहुन सक्छ। खर्च बढ्ने सम्भावना भएकाले सचेत रहनुहोस्।
तुला
कामबाट पुरस्कार र सम्मान प्राप्त हुनेछ। साथै, आम्दानीमा वृद्धि हुने समय छ।
वृश्चिक
आम्दानी सामान्य रहन सक्छ। काम र व्यवसायमा स्थिरता आउने सम्भावना छ।
धनु
नयाँ व्यवसाय वा काममा लगानी गर्ने अवसर मिल्नेछ। विगतका प्रयासले सफलता दिलाउनेछ।
मकर
काममा स्थिरता नहुन सक्छ। खर्च बढ्नेछ। नजिकका मानिसबाट असहयोग वा धोका हुन सक्ने सम्भावना छ।
कुम्भ
हराएको धन फिर्ता हुन सक्छ। प्रतिष्ठा बढ्ने काममा ध्यान दिन प्रेरित हुनुहुनेछ।
मीन
नयाँ कामको सुरुवात र पुरानो काममा पदोन्नति हुने सम्भावना छ। परिवारको सहयोग प्राप्त हुनेछ।


