बागमतीको बजेट खर्च १२ प्रतिशत मात्र


बागमतीको बजेट खर्च १२ प्रतिशत मात्र

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ। प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि मंसिरसम्ममा कुल बजेटको करिब १२ प्रतिशत मात्र खर्च गर्न सकेको छ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८१/८२ को पाँच महिनामा कुल बजेटको ११.४२ प्रतिशत बजेट खर्च भएको छ।

चालु आवका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रूपैयाँको बजेट ल्याएकोमा पाँच महिनामा सात अर्ब ३७ करोड १९ लाख २५ हजार रूपैयाँ बजेट खर्च भएको उनले बताए। बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ।

Read More