बजेट अभावले औद्योगिक उद्यान निर्माण हुन सकेन


बजेट अभावले औद्योगिक उद्यान निर्माण हुन सकेन

काभ्रेपलाञ्चोकको पाँचखालमा ‘प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क’ निर्माण कार्य बजेट अभावका कारण हालसम्म अघि बढ्न सकेको छैन । उद्यान स्थापनाका लागि गत वर्ष अघि बढाइएको थियो ।

वातावरणीय चुनौतीलाई सम्बोधन गर्न र हरित अर्थतन्त्र प्रवद्र्धन गर्ने उद्देश्यले पाँचखाल–७ मा दक्षिण एसियाली महिला विकास मञ्चको अग्रसरतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकासँगको सहकार्यमा उद्यान निर्माण प्रक्रिया अघि बढाइएको थियो । विसं २०८० मङ्सिर २७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसको शिलान्यास गरेको थियो ।

Read More