आर्थिक विकासका लागि सबै क्षेत्रलाई सँगसँगै अघि बढाउनुपर्छ : गर्भनर अधिकारी


आर्थिक विकासका लागि सबै क्षेत्रलाई सँगसँगै अघि बढाउनुपर्छ : गर्भनर अधिकारी

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना प्रविधिजस्ता कुनै एक क्षेत्रमा निर्भर नभई देशको समग्र आर्थिक विकासका लागि अन्य क्षेत्रहरूलाई पनि समानान्तर रूपमा अघि बढाउनुपर्ने बताएका छन् । नेपाललाई सन्तुलित र दिगो आर्थिक विकासको मार्गतर्फ लैजान नलेज इकोनमी र सूचना प्रविधि (आईटी) क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने तर कृषि, पर्यटन, जलविद्युत्, उद्योगजस्ता क्षेत्रको पनि सँगै विस्तार हुनुपर्ने उनले बताए ।

आर्थिक विकासमा आईटीलाई मात्रै आधार मान्दा रेमिट्यान्समा निर्भर भएझैँ जोखिमपूर्ण हुने उनले औंल्याए ।थिंक ट्यांक संस्था, सर्वांगीण विकास अध्ययन केन्द्र (आईआईडीएस) ले आयोजना गरेको ‘पोलीसी कन्क्लेभ २०२४: ट्रान्जिसनिङ टु नलेज इकोनमी’ कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले नेपालमा नलेज इकोनमी र आईटी क्षेत्र नयाँ सम्भावनाका रूपमा अघि बढिरहेको बताए । उनका अनुसार डिजिटल अर्थतन्त्र र साना लगानीहरूलाई प्रोत्साहन गर्ने राष्ट्र बैंकले सुरु गरेको डलर कार्ड निकै प्रभावकारी भएको छ ।

Read More