काठमाडौं : भारतीय बैंकहरुको नाफा लगातार छैटौँ वर्ष (२०२३-२४ सम्म) सुधार भएको छ । र, यिनीहरुको खराब ऋण (एनपीए) १३ वर्षको न्यून विन्दुमा झरेको छ । भारतीय रिजर्भ बैंकका अनुसार हाल एनपीए २.७ प्रतिशतमा झरेको छ । भारतका सबल म्याक्रोआर्थिक आधारभूत पक्षहरुले घरेलु बैंकिङ र गैर-बैंकिङ वित्तीय क्षेत्रहरुको प्रदर्शन र स्थायित्वलाई सुदृढ पारेका छन् ।
यस अवधिमा सम्पतिको प्रतिफल आरओए १.४ प्रतिशत र इक्विटीको प्रतिफल (आरओइ) १४.६० प्रतिशतमा पुगेको द हिन्दुले जनाएको छ । रिपोर्टअनुसार खराब ऋण २०२४ को मार्च अन्त्यसम्म १३ वर्षको न्यूनतम २.७ प्रतिशतमा झरेको छ । बैंकहरुको पुँजी स्थिति सन्तोषजनक देखिएको छ ।


