उद्योग व्यावसायमा कार्यरत जनशक्तिको सुरक्षा पक्ष्ँको सुधार, सुरक्षित कार्यस्थल निर्माणमा सहयोगका साथै व्यावसायजन्य सुरक्षा र स्वास्थ्यको सन्दर्भमा दीर्घकालिन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्योग संगठन मोरङको आयोनजामा प्रदेश स्तरीय व्यावसायजन्य सुरक्षा र स्वास्थ्य सम्मेलन भएको छ ।
इन्स्योर परियोजना, नेपाली युवा उद्यमी मंच विराटनगर, ईटहरी र झापा च्याप्टरको सहकार्यमा भएको कार्यक्रममा उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्योग व्यावसाय क्षेत्रमा कार्यरत जनशक्तिको सुरक्षा र उत्पादकत्व अभिवृद्धिमा सम्मेलन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र र अन्तरक्रियाबाट निष्कने निष्कर्षले प्रदेश सरकारलाई नीति निर्माण तहमा आगामी दिनमा सहयोग पुग्ने धारणा राखे ।

