आजको आर्थिक राशिफल : पुष १२ गते शुक्रबार - कुन राशिको लागि कस्तो?


आजको आर्थिक राशिफल : पुष १२ गते शुक्रबार  - कुन राशिको लागि कस्तो?

पुष १२ गते शुक्रबार, पौष कृष्णपक्ष द्वादशी तिथि  

मेष (Aries):
विभिन्न अवसरहरूको प्राप्ति हुनेछ। रोकिएका कामहरू पूरा हुनेछन्। लेनदेनबाट लाभ मिल्नेछ।

वृष (Taurus):
गरेका कामहरू सम्पन्न हुनेछन्। नयाँ काम सुरु गर्ने राम्रो समय छ। व्यापार व्यवसायमा राम्रो फाइदा हुनेछ।

मिथुन (Gemini):
सरकारी तथा प्रशासनिक समस्या समाधान हुनेछन्। आफन्त र साथीभाइबाट आवश्यक सहयोग प्राप्त हुनेछ।

कर्कट (Cancer):
विनाकामको क्षेत्रमा समय खर्च गर्दा व्यापार व्यवसायमा घाटा हुने सम्भावना छ। ध्यान दिनुहोस्।

सिंह (Leo):
व्यापार, साझेदारी, र सट्टापट्टाबाट राम्रो फाइदा हुनेछ। सञ्चित धनको प्रयोगले थप लाभ हुनेछ।

कन्या (Virgo):
व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ। खर्च नियन्त्रणमा रहने भएकाले आर्थिक स्थिति बलियो बन्नेछ।

तुला (Libra):
आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ। विगतको श्रमले प्रशस्त धन लाभ दिलाउनेछ।

वृश्चिक (Scorpio):
लेनदेनमा केही समस्या देखिए पनि व्यापार व्यवसायमा सन्तोषजनक प्रगति हुनेछ।

धनु (Sagittarius):
स्थिर सम्पत्तिबाट लाभ हुनेछ। व्यापार व्यवसायमा पनि राम्रो नाफा हात लाग्नेछ।

मकर (Capricorn):
नयाँ काम थालेर आम्दानीका स्रोत बढाउने समय हो। लगानीका अवसरहरूलाई उपयोग गर्नुहोला।

कुम्भ (Aquarius):
सामाजिक काम गरेर धन र मानसम्मान दुवै प्राप्त गर्न सकिनेछ। यो दिन प्रतिष्ठाका लागि फलदायी हुनेछ।

मीन (Pisces):
सामान्य लाभको समय छ। व्यापार व्यवसायमा विवेक प्रयोग गर्नुहोस्, नत्र घाटा हुने सम्भावना छ।