बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन


बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन

११ पुस, काठमाडौं। सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सिफारिस समिति गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले बताए ।

Read More