कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा गरेसँगै बचत फिर्ता लिनेको भिड


कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा गरेसँगै बचत फिर्ता लिनेको भिड

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय नेपालगन्जमा बचतकर्ताको भिड लागेको छ। आर्थिक सुशासन कायम नभएको तथा खराब कर्जा ४० प्रतिशत माथि पुगेको भन्दै राष्ट्र बैंकले बुधबार समस्याग्रस्त घोषणा गरेको थियो।

राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ (ख) बमोजिम समस्याग्रस्त घोषणा गर्दै बैंक व्यवस्थापनको सम्पूर्ण अधिकार खोसिएको छ। राष्ट्र बैंकले व्यवस्थापन आफ्नो नियन्त्रणमा लिँदै राष्ट्र बैंकका प्रतिनिधिको रुपमा बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा उपनिर्देशक विष्णु कुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहालाई व्यवस्थापनका लागि पठाएको छ।

Read More