११ पुस, काठमाडौं । १६ फागुन २०७६ मा राजस्व अनुसन्धान विभागले पेप्सीकोला उत्पादक कम्पनी बरुण बेभरेजविरुद्ध राजस्व चुहावट मुद्दा दायर गर्यो ।
विभागले गरेको अनुसन्धानपछि बरुण बेभरेजले नक्कली भ्याट बिलका माध्यमबाट राजस्व छली गरेको दाबी गर्दै ६४ करोड ९६ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो भने त्यसको दुई गुणा जरिवाना सहित कुल १ अर्ब ९४ करोडको मुद्दा दायर गरिएको थियो ।


