के हामीलाई नयाँ स्टक एक्सचेन्ज चाहिन्छ? के भन्छ अध्ययन समितिको प्रतिवेदन?


के हामीलाई नयाँ स्टक एक्सचेन्ज चाहिन्छ? के भन्छ अध्ययन समितिको प्रतिवेदन?

सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्न अनुमति दिने प्रक्रिया अघि बढाएको छ।

यसका लागि अध्ययन गर्न गठित समितिले तयार पारेको प्रतिवेदन अर्थ मन्त्रालय पठाउने निर्णय गत शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेको छ ।

यसअघि २०८० वैशाखमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नयाँ स्टक एक्सचेन्ज खोल्ने प्रक्रियामा रोक लगाएका थिए। आर्थिक चलखेल हुन लागेको भन्दै संसदमा विरोध पनि भएको थियो।

नयाँ स्टक एक्सचेन्ज खोल्नुपर्ने माग नयाँ भने होइन।

२०६६ सालमै धितोपत्र बोर्डले यसका लागि आवेदन मागेको थियो। त्यति बेला चारवटा आवेदन परेका थिए। धेरैजसोमा 'क' स्तरका वाणिज्य बैंकले समेत लगानी गर्ने उल्लेख थियो। तर सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज (नेप्से) निजीकरण नगरी नयाँ खोल्दा समान प्रतिस्पर्धा नहुने भन्दै प्रक्रिया अघि बढेन।

Read More