राष्ट्रिय सहकारी विकास बोर्ड खारेज, बोर्डको चलअचल सम्पत्ति, दायित्व र कर्मचारी स्वत: प्राधिकरणमा

राष्ट्रिय सहकारी विकास बोर्ड खारेज, बोर्डको चलअचल सम्पत्ति, दायित्व र कर्मचारी स्वत: प्राधिकरणमा

काठमाडौँ — अध्यादेशमार्फत सरकारले राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ खारेज गर्ने भएको छ । अध्यादेशमा बचत तथा ऋण कारोबार गर्ने सहकारीको नियमन गर्न शक्तिशाली राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गर्ने प्रावधान राखिएको छ ।

राष्ट्रिय सहकारी विकास बोर्डको चल–अचल सम्पत्तिलगायतको जायजेथा, दायित्व र सो बोर्डमा कार्यरत कर्मचारी प्राधिकरणमा स्वतः सर्ने व्यवस्था अध्यादेशमा छ ।

Read More