ग्लोबल इनोभेसन इन्डेक्स सार्वजनिक : स्वीजरल्यान्ड प्रथम, नेपालको अवस्था के छ ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ग्लोबल इनोभेसन इन्डेक्स सार्वजनिक : स्वीजरल्यान्ड प्रथम, नेपालको अवस्था के छ ?

काठमाडौं : द वल्र्ड इन्टेलेक्चुवल प्रोपर्टी अर्गनाइजेसनले २०१९ ग्लोबल इनोभेसन इन्डेक्स सार्वजनिक गरेको छ । विश्व अर्थतन्त्र सुस्ताए पनि एसिया प्रशान्तमा भने राम्रै प्रगति भएको तथ्यांकले देखाएको छ । कुल १०० मा ६७.२४ अंक पाएर स्वीजरल्यान्ड ९ आंै पटक लगातार ग्लोबल इनोभेसन इन्डेक्समा प्रथम हुन सफल भएको छ । नेपाल भने यस इन्डेक्समा १०९ औ स्थानमा छ । 

दोस्रो स्थानमा भने स्वीडेन आएको छ । गत वर्ष नेदरल्यान्ड दोस्रो स्थानमा थियो । नेदरल्यान्ड यस वर्ष चौथो स्थानमा झरेको छ । यस्तै, तेस्रो स्थानमा अमेरिका र पाँचौं स्थानमा बेलायत रहेको छ । हाम्रा २ छिमेकी राष्ट्र चीन र भारतले पनि इनोभेसनमा गति लिएका छन् । गत वर्ष इनोभेसनको १७ औं स्थानमा आइपुग्न सफल चीन यस वर्ष आकर्षक प्रगति गर्दै १४ औं स्थानमा आएको छ ।

यस्तै, भारत पनि गत वर्ष ५७ औ स्थानमा रहेकामा यसपटक प्रगति गर्दै ५२ औ स्थानमा आइपुगेको छ । ग्लोबल इनोभेसन इम्डेक्सको यो १२ औ सस्करण हो । यस इन्डेक्समा १२९ राष्ट्रलाई ८० वटा सूचकमा राखेर अनुसन्धान गरिएको हो । यसले सम्बद्ध मुलुकहरुको आर्थिक–सामाजिक अवस्था, प्रतिव्यक्ति आम्दानी, स्वतन्त्रता लगायत समग्र विकासका पक्षमा केन्द्रित भएर अध्ययन गर्छ । 

...

Read More
  • MBL - below news