५ महिनामा ५८ अर्ब ३१ करोडले थपियो सार्वजनिक ऋण


५ महिनामा ५८ अर्ब ३१ करोडले थपियो सार्वजनिक ऋण

काठमाडौँ — चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिर) मा ५८ अर्ब ३१ करोड रुपैयाँले सरकारी ऋण बढेको छ । यससँगै गत मंसिर मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ कायम भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

गत असार मसान्तमा तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो ।

Read More