बैंकको ऋण चुक्ता गर्न शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दै कालिञ्चोक दर्शन


बैंकको ऋण चुक्ता गर्न शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दै कालिञ्चोक दर्शन

कालिञ्चोक दर्शन लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर  निष्कासनको प्रस्ताव पारित गर्न पुष २९ गते, सोमबार, बद्रीनाथ होटल, गौशाला, पिङ्गलास्थान काठमाडौँमा बिहान साढे ११ बजे १० औँ वार्षिक साधारण सभा बोलाएको हो। 

सभाले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर  निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजी ६० करोडको १ बराबर १ अनुपातमा ६० करोडमूल्य बराबरको ६० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ। 

कम्पनीले बैंक ऋण चुक्ता गर्न, होटल निर्माण तथा इन्भेष्टमेन्ट कम्पनीमा लगानी गर्न हकप्रद शेयर निष्कासन गर्ने बताएको छ। 

Read More