आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ


आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।  

जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले  ५४९.२०० ग्राम सुन, नगद र अन्य सामग्रीसहित भारतको पलियाका ४४ वर्षीय दीपक गुप्ता र  ३४ वर्षीय सुमित बर्मालाई नियन्त्रणमा लिएको जनाएको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३, ट्राफिक चौराहमा शंका लागेपछि चेकजाँच गर्दा युपी ३२ जेभी ९२०० नम्बरको मोटरसाइकलबाट सुन ल्यापटप,  मोबाइल, ४४ हजार ८१० नेपाली रुपैयाँ र  १ हजार २८० भारतीय रुपैयाँ बरामत गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

Read More