काठमाडौं महानगरको सहकारी विभागबाट एक हजार ५९३ वटा उजुरी फर्स्योट


काठमाडौं महानगरको सहकारी विभागबाट एक हजार ५९३ वटा उजुरी फर्स्योट

काठमाडौं महानगरपालिकाको सहकारी विभागले चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन, भदौ, असोज र कार्तिक) अवधिमा एक हजार ५९३ वटा उजुरी फर्स्योट गरेको छ ।

विभिन्न निकायबाट माग भएका ६३ वटा विवरण पठाएको छ । चारसय वटा सहकारी संस्थाको फाइल अद्यावधिक गरेर पञ्जिका बनाइएको छ । गुनासो पोर्टलमा आएका सहकारी विभागसँग सम्बन्धित ३१ वटा गुनासोमध्ये २५ वटा गुनासो सम्बोधन भइसकेको महानगरले जनाएको छ ।

विभागका प्रमुख नमराज ढकाल भन्छन्,‘संकटग्रस्त सहकारीको व्यवस्थापन’, ‘कारवाही र अनुसन्धानका लागि पठाइएका सहकारीका बारेमा अद्यावधिक जानकारी लिने’, ‘निष्क्रिय सहकारीको व्यवस्थापन गर्ने’, ‘लक्ष्य, कार्यक्षेत्रजस्ता आधारभूत अवस्था मिल्ने सहकारीलाई मर्ज गर्ने’ र ‘राम्रा काम गर्ने सहकारीको सफल अभ्यास प्रवर्धन गर्ने’ कामलाई विभागले प्राथमिकताका साथ सञ्चालन गर्नेछ ।’ 

Read More