सर्वसाधारणबाट सरकारले पायो दुई अर्ब ऋण, मागेभन्दा धेरै हुने भएपछि आवेदन बन्द


सर्वसाधारणबाट सरकारले पायो दुई अर्ब ऋण, मागेभन्दा धेरै हुने भएपछि आवेदन बन्द

सरकारले तोकिएको समयभन्दा पहिले नै नागरिकबाट दुई अर्ब रूपैयाँ ऋण प्राप्त गरेको छ।

गत मंसिर १२ गते सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पुस १६ गतेसम्मको समय दिएर नेपाली नागरिक र गैरआवसीय नेपाली समेतको लागि दुई अर्ब रूपैयाँ (नागरिक बचतपत्र) र वैदेशिक रोजगारीमा गएको नागरिक तथा उसको परिवारलाई केन्द्रित गरेर थप ५० करोड रूपैयाँ (वैदेशिक रोजगार बचतपत्र) ऋण मागेको थियो।

तर, सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले तोकिएको समयभन्दा १० दिन अगावै नै नागरिक बचतपत्रको लागि आवेदन बन्द गरेको छ। अर्थात् 'नागरिक बचतपत्र २०८६ क' नाम दिइएको बचतपत्रमा ऋण दिन नमिल्ने भएको छ।

'हामीले मागे बराबरको रकम पहिलेनै पूरा भएपछि आवेदन बन्द गरेका छौँ,' सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रवक्ता प्रकाश पुडासैनीले भने।

Read More