भाटभटेनी सुपर मार्केटले २ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएकाे छ। काठमाडौँ महानगरपालिकाले कुहिएको नरिवल बिक्री गरेको भन्दै भाटभटेनीलाई कारवाही गरेकाे हाे ।
महानगरपालिकाले भाटभटेनीको त्रिपुरेश्वर आउटलेटलाई जरिवाना तिराएको हाे। महानगरले सो आउटलेटबाट ४४ प्याकेज अखाद्य नरिवल बरामद गरेर नष्ट गरेको छ ।


