ब्याजदर घट्यो, बैंकमा पैसा थुप्रियो, तर किन भएन लगानी ?


ब्याजदर घट्यो, बैंकमा पैसा थुप्रियो, तर किन भएन लगानी ?

काठमाडौं : बैंकको ब्याजदर महिनैपिच्छे घटेको घट्यै छ। वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीसँग ७ खर्बभन्दा बढी ऋण लगानी गर्ने क्षमता छ। तर, न बैंक तथा वित्तीय संस्थासँग ऋणको माग छ, न त उनीहरूले ‘ढुक्कले ऋण’ दिन सकेका छन्। उल्टै, बंैक तथा वित्तीय संस्थामा पैसा थुप्रिँदा राष्ट्र बैंकले पैसा तानेको तान्यै छ। सरकार भने अर्थतन्त्रका बाह्य सूचक बलियो भएको तथ्यांक देखाउँछ, आन्तरिक अर्थतन्त्र भने चलायमान छैन। अर्थतन्त्रमा कहाँ के गडबडी भइरहेको छ त ? अर्थविद्हरू भन्छन्– लगानीको वातावरण नबन्दा अर्थतन्त्र चलायमान हुन नसकेको हो। यसका लागि सरकारले विशेष कार्यक्रम नै ल्याउनुपर्छ।’ अर्थविद् डा. डिल्लिराज खनाल लगानीकर्ताको लगानी सुनिश्चितताको विश्वास आर्जन गर्न नसक्दा बैंकमा पैसा थुप्रिएको बताउँछन्। ‘अर्थतन्त्रप्रतिको अविश्वासलाई विश्वासमा परिणत गर्न सकेका छैनौं,’ खनालको भनाइ छ। नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष सुनील केसी अहिलेकै अवस्थाअनुसार मात्रै कर्जा विस्तार भइरहने हो भने आर्थिक वृद्धिमा सिधै असर पर्ने र लक्ष्यअनुसार आर्थिक वृद्धि हासील गर्न चुनौती हुने बताउँछन्।

Read More